भारतको उत्तर पश्चिममा भारी वर्षा, दिल्लीका सबै विद्यालय बन्द | Khabarhub Khabarhub

भारतको उत्तर पश्चिममा भारी वर्षा, दिल्लीका सबै विद्यालय बन्द


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा पानी पर्ने क्रम जारी रहेको छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ । दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई समस्या भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । अवस्थालाई ध्यानमा राख्दै अरविन्द केजरीवाल सरकारले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै दिल्लीमा विगत २ दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै सोमवार दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको बताए ।

दिल्लीमा जुलाईमा अहिलेसम्म १६४ मिलिमिटर वर्षा भइसकेको छ । अविरल वर्षाका कारण सहरका धेरै पार्क, अन्डरपास, बजार तथा अस्पताल परिसर जलमग्न भएका छन् भने सडक जाम भएका छन् ।

हावाहुरी र वर्षाका कारण धेरै क्षेत्रमा विद्युत र इन्टरनेट सेवा पनि प्रभावित भएका छन् ।

उता, दिल्ली एनसीआरमा भारी वर्षा भइरहेको छ। दिल्लीको छेउमा रहेको हरियाणाको गुरुग्राममा प्रशासनले कर्पोरेट र निजी क्षेत्रमा काम गर्ने मानिसहरूलाई घरबाटै काम गर्न सल्लाह दिएको छ।

यसैगरी, दिल्लीसँगै उत्तर प्रदेशको गाजियाबादमा पनि प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाजियाबादका जिल्ला मजिस्ट्रेटले भारी वर्षालाई ध्यानमा राख्दै जुलाइ १० र ११ तारिखमा विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : १२ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने