विश्वमा अझ बढ्ने छ गर्मी | Khabarhub Khabarhub

विश्वमा अझ बढ्ने छ गर्मी


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अङ्ग्रेजी क्यालेन्डर अनुसार गृष्म ऋतुको पहिलो साता भर्खर सकिएको छ। यो पहिलो सातामै उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ। सहनै नसकिने गर्मी र तातो हावाका कारण पसिनाले निथ्रुक्क भिज्नेक्रम बढेको छ। अमेरिकाको दक्षिण पश्चिम टेक्ससमा अत्यन्त गर्मी छ। अन्त पनि कम गर्मी त होइन। अहिले १ सय २० मिलियन अमेरिकीका लागि गर्मी सहनै कठिन भइसकेको छ। अमेरिकी मौसम विभागले एक तिहाइ मानिस मौसमी प्रतिकुलताको गम्भीर समस्यामा रहेको जनाएको छ।

बेलायतको अवस्था पनि कठिन छ। जुन महिनामा पुरानो कीर्तिमान भङ्ग भयो। सन् १९४० को कीर्तिमानलाई यस वर्ष शून्य दशमलव ९ डिग्री सेल्सियसले पछि पारिएको छ। यो कथा मध्यपूर्वको, उत्तर अमेरिका र एसियाको पनि हो।

अहिले १ सय २० मिलियन अमेरिकीका लागि गर्मी सहनै कठिन भइसकेको छ। अमेरिकी मौसम विभागले एक तिहाइ मानिस मौसमी प्रतिकुलताको गम्भीर समस्यामा रहेको जनाएको छ।

युरोपेली मौसम पूर्वानुमान शाखाले जुन महिना अत्यधिक गर्मी भएको जनाएको छ। युरोपेली मौसम तथा जलवायु विभाग कोपरनिकसका अनुसार गत साता तीन दिन अत्यन्त गर्मी थिए।

३ जुलाईको दिन संसारको औसत तापक्रम १६ दशमलव ८९ सेल्सियस पुगेको थियो। ४ जुलाईका दिन १७ डिग्री सेल्सियस पार भएको थियो। सो दिनको औसत तापक्रम १७ दशमलव ०४ डिग्री सेल्सियस थियो। ५ जुलाईका दिन सो तापक्रम बढेर १७ दशमलव ०५ डिग्री सेल्सियस भएको थियो। मेट अफिस तथा एक्सेटर विश्वविद्यालयका प्राध्यापक रिचर्ड बेटिसका अनुसार पछिल्लो समय अनुमान अनुसार नै तापक्रम देखिएको छ। ‘यसरी उच्च तापक्रममा हामी अचम्मित भएका छैनौं,’ उनले भने, ‘लामो समय देखिको कर्मको प्रभाव अहिले देखिएको हो। वातावरणमा कार्बन उत्सर्जनको मात्रा नघटाउने हो भने यो भन्दा गम्भीर समस्या देखिन सक्छ।’

उत्तर एटलान्टीकको सतहमा अहिलेसम्मकै उच्च तापक्रम देखिएको छ। अमेरिकाको राष्ट्रिय महासागरीय तथा वातावरणीय प्रशासनले तातो हावाको बहावलाई चार भागमा वर्गीकरण गरेको छ।

उनको विचारमा गर्मीको कुरा गर्दा हावाको तापक्रमको कुरा गर्नैपर्छ। जसले हाम्रो दैनिक जीवनमा असर गर्छ। जमिनमा रहेको धेरै तापक्रम वातावरणमा छैन। तर समुद्रमा छ। यस कारण वैज्ञानिक अध्ययन समुद्रको तापक्रमका बारे छ। उत्तर एटलान्टीकको सतहमा अहिलेसम्मकै उच्च तापक्रम देखिएको छ। अमेरिकाको राष्ट्रिय महासागरीय तथा वातावरणीय प्रशासनले तातो हावाको बहावलाई चार भागमा वर्गीकरण गरेको छ।

ब्रीस्टल विश्वविद्यालयका वैज्ञानिक डानीयल स्कीमीटका अनुसार उत्तर एटलान्टीकको यस्तो तातो विगतमा सुनिएको नै थिएन। यसै समयमा प्रशान्त क्षेत्रमा एल नीनोको असर देखिएको छ। समुद्रमा तापक्रमको कारण पानीको सतह बढेपछि यसले तटीय क्षेत्रमा प्रभाव पार्छ। यस मौसमी अवस्थालाई नै एल नीनो भनिन्छ।

एटलान्टिक र प्रशान्त महासागरकै तापक्रम बढी रहेको समयमा डेटा अनुसार सन् १८५० को विषम अवस्थालाई पनि मे र अप्रिल महिनाले पार गरेको थियो। एक्सटर विश्व विद्यालयका जलवायु प्राध्यापक टिम लेनटन सामान्य समयको भन्दा समुद्रको तापक्रम बढी रहेको समयमा हावाको तातोपन पनि बढी हुने बताउँछन्। उनले ग्रिन हाउसको ट्यापमा परेको थप तातोपनाको कारण समुद्र पनि तातिएको बताए। त्यो तातो पन गहिराइतर्फ लम्किएको हुन्छ। परन्तु एलनीनोले फेरि त्यसलाई बाहिर ल्याउँछ। प्राध्यापक लेन्टनका अनुसार यसले धेरै वातावरणसम्म धेरै नै तातो बनाउँछ।

अहिलेको तातो सबैका लागि निराशाको विषय हो। तर, जलवायु परिवर्तनका कारण यो स्वीकानै पर्ने तितो सत्य पनि हो। ग्रिनहाउस ग्यास उत्पादन प्रत्येक वर्ष बढ्दो छ। ऊर्जासँग सम्बन्धी कार्बन उत्सर्जनमा १ प्रतिशत वृद्धि दर थियो। विश्वव्यापी वाचडग अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो तथ्य सार्वजनिक गरेको हो।

अहिलेको तातो सबैका लागि निराशाको विषय हो। तर, जलवायु परिवर्तनका कारण यो स्वीकानै पर्ने तितो सत्य पनि हो। ग्रिनहाउस ग्यास उत्पादन प्रत्येक वर्ष बढ्दो छ।

इम्पेरियल कलेज लन्डनको ग्राहम इन्स्टिच्युट क्लाइमेट चेन्जका मौसमविद् फ्रेड्रिको ओटो तापक्रम बढ्दै जाँदा तातो हावाको सम्भावना पनि बढी हुने बताउँछिन्। जलवायु परिवर्तनको कारण उत्पन्न हुने तातोपन र अन्य समयमा आउने यस्ता बहावमा केही भिन्नता पनि छन्। ओटोको अनुसार यसरी ग्लोबल वार्मिङको समयमा आउने बहाव लामो समयको र धेरै तातो हुने गरेको छ। धेरै विज्ञ एल नीनोका कारण यो वर्ष अत्यधिक गर्मी हुने अनुमान गर्न थाली सकेका छन्।

प्रि इन्डस्ट्रीयल युगको भन्दा तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा कायम रहने कुरामा विज्ञले विश्वास गुमाउन थालिसकेका छन्। ग्रिनहाउस ग्यास उत्सर्जनमा नाटकीय रूपमा परिवर्तन ल्याउन नसकेमा संसारका सबै मानिसका लागि अहिले नै अप्ठेरो दिन पनि आउन सक्नेछ।

ओटोको अनुसार यसरी ग्लोबल वार्मिङको समयमा आउने बहाव लामो समयको र धेरै तातो हुने गरेको छ। धेरै विज्ञ एल नीनोका कारण यो वर्ष अत्यधिक गर्मी हुने अनुमान गर्न थाली सकेका छन्।

धेरै विज्ञकै अनुसार जुन महिनाको कीर्तिमान भंग हुँदै अबको केही दिनमा भयङ्कर गर्मीको सम्भावना छ। ब्रीस्टलका प्राध्यापक स्कीमीड बेलायतमा यस्तै तातो हावा आउने या नआउने भन्ने अनिश्चित रहेको बताउँछिन्। उनले बेलायतमा यस भन्दा अघि पनि यसको महसुस गरेकी थिइनन्।

उनका अनुसार अस्ट्रेलिया भू–मध्यसागरीय क्षेत्रमा इको सिस्टम नै प्रभावित हुनसक्ने छ। जङ्गल नै नरहने, समुद्री चराहरू हराउने र ह्वेलको अस्तित्व नै खतरामा पर्न सक्ने जोखिम उनी देख्छिन्। उनकै विचारमा एकदमै कठोर दिन आउँदै छ। तथापि प्रविधिको प्रयोग मार्फत उत्सर्जन घटाउन पनि सकिने छ। उनले भने जस्तै संवेदनशील भएर जलवायु परिवर्तनको असरलाई न्यूनीकरण नगर्ने हो भने यसले अझ गम्भीर असर पनि गर्न सक्ने छ। जुन महिनामा अर्को एउटा रिपोर्ट बाहिर आएको बेलायतको अन्य स्थानको तुलनामा समुद्री क्षेत्रमा तापक्रम ५ डिग्री बढी थियो।

यसले केही जीव र वनस्पति समेतलाई प्रभाव पार्न सक्ने छ। सन् २०११ मा अस्ट्रेलियामा आएको हिट वेभ धेरै दिन रहेको थियो। त्यसले निला खालका ककडँ र खाडीमा पाइने अर्को एक जनवारको अस्तित्व नै मेटिएको थियो।
मारिन बायोलोजीकल एसोसिएसनका इकोलोजिस्ट डान स्माइल त यस पटकको गृष्ममा गर्मीका कारण धेरै जीवनको मृत्यु हुने सम्भावना व्यक्त गर्छन्। विगतमा जुन महिनाको औसत तापक्रम २३ डिग्री हुने गरेको साइबेरिया क्षेत्रमा यस वर्ष औसत तापक्रम ३८ डिग्री पार गरेको छ।

अमेरिका र बेलायतमा समस्या थपिए जस्तै क्यानडामा त यस वर्ष धेरै स्थानमा डढेलो लागि सकेको छ। क्यानडामा पश्चिमी क्षेत्रमा यो समस्या बढेको बढ्यै छ।

युनेस्कोका जियोलोजिस्ट सर्जी जिमोभ पृथ्वी अझ तातो हुँदै जाने र हामी गम्भीर समस्याको नजिक पुगी सकेको बताउँछन्। आन्ध्र क्षेत्रमा पनि त्यसै किसिमको मौसम पूर्वानुमान गरिएको छ। अमेरिका र बेलायतमा समस्या थपिए जस्तै क्यानडामा त यस वर्ष धेरै स्थानमा डढेलो लागि सकेको छ। क्यानडामा पश्चिमी क्षेत्रमा यो समस्या बढेको बढ्यै छ। १८ मे सम्ममा अल्बार्टामा १८ हजार ५ सय जनाले घर छोडिसकेका थिए। संसारमा देखिएको यो समस्या सायद अबको तीन महिना कायम रहने छ। हाम्रा लागि जनजीवन अझ कठिन हुनेछ।
स्रोतः बीबीसी, इन्साइडर

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ०० बजे

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

काठमाडौं– संघीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

रौतहट– रौतहटमा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले 

कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दा जे देखियो (तस्बिरहरू)

काठमाडौं- कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन चर्काउन थालेका

तेस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र बनारसमा मोदी

काठमाडौं– तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन

५०० हेक्टरभन्दा बढी क्षमताका सिँचाइ आयोजना संघीय सरकारले बनाउने

काठमाडौं– पहाडी भेगमा ५०० हेक्टरभन्दा बढी सिँचाइ क्षेत्रफलमा सिँचाइ क्षमता