पानी नपर्दा महोत्तरीमा रोपाइँ गर्न ढिलाइ  « Khabarhub

पानी नपर्दा महोत्तरीमा रोपाइँ गर्न ढिलाइ 


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो ।

उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष अहिलेसम्म १० प्रतिशत धान मात्रै रोपाइँ भएको बताए ।

महोत्तरीमा धान खेतीयोग्य जग्गा ५० हजार हेक्टर रहेकामा बर्सेनि औसतमा ४५ हजार हेक्टर जग्गामा धान खेती हुँदै आएको छ तर यस वर्ष  सो सङ्ख्या घट्ने अनुमान गरिइएको छ ।

जिल्लामा १२ महिना सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । 

किसानलाई चाहिएको बेला पानी परेको वर्षमा धान खेतीमा वृद्धि र समयमा पानी नपर्दा धान खेतीमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।

धानखेती प्रवर्द्धन गर्नका लागि पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले सक्रियता देखाएको कार्यालय प्रमुख डा. यादवले बताए ।

उनले जिल्लामा धानखेती प्रवर्द्धनका लागि कार्यालयबाट किसानको खेतीमा सिँचाइ पुर्‍याउने उद्देश्यले यसवर्ष १२०  स्यालो ट्युबेल जडान गर्न सम्झौता गरेको, ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको, बीउ भण्डारण र प्रशोधनको प्रबन्ध मिलाएको र किसानका लागि मिल तथा अन्य आवश्यक कृषि प्रयोजनको सामग्री उपलब्ध गराएको  बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : ५५ बजे

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका