पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षा र बाढीमा परी पाकिस्तानमा अहिलेसम्म कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको उल्लेख गरेको छ ।

हालसम्म मृत्यु हुने ७६ जनामा ​​१५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।

भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ ।

गत जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ११ : २२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब