राजु मास्टर, बल्छी धुर्बेसहितका कलाकारविरुद्ध अभियोगपत्र दर्ता, ६४ करोड ९४ लाख विगो दाबी « Khabarhub

राजु मास्टर, बल्छी धुर्बेसहितका कलाकारविरुद्ध अभियोगपत्र दर्ता, ६४ करोड ९४ लाख विगो दाबी


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोगपपत्रमा बल्छी धुर्बे, राजु मास्टरसहित बेगम नेपाली, एलिश राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ ।

उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको छ । अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ३ : ०३ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता