११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा « Khabarhub

११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कने भएका छन् ।

केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो ।

रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । उनले तीनवटै देशका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले राष्ट्रपतिको यो भ्रमणलाई ‘नयाँ मोड’का रूपमा वर्णन गर्दै त्यसले अफ्रिकी राष्ट्रहरूसँग आर्थिक र व्यापारिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

इरानले हालैका महिनामा आफू एकाकी नरहेको सन्देश अन्तरराष्ट्रिय सुमदायलाई दिन तथा अमेरिकी नाकाबन्दी, आणविक सम्झौताको असफलतालगायत विषयको प्रभावबारे जानकारी दिने उद्देशयले कूटनीति गतिविधि बढाएको छ ।

शनिबार राष्ट्रपति राईसीले अल्जेरियाका विदेशमन्त्री अहमद अत्ताफलाई अल्जियर्ससँगको सम्बन्ध बढाउने सम्बन्धमा सघन संवाद गरेका थिए ।

गत सातादेखि इस्लामिक गणतन्त्र इरान रुस, चीन र भारत सम्मिलित साङ्घाई सहयोग सङ्गठनको सदस्य बनेको छ ।

गत मार्चमा इरानले चीनको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरबसँग सम्बन्ध पुनः स्थापित गर्न सहमत थियो । त्यसयता इरानले इजिप्ट र मोरक्कोलगायत अन्य देशहरूसँग पनि सम्बन्ध पुनः स्थापना गर्न खोजिरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ५५ बजे

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू