उत्तर भारतमा बाढीपहिरो, २९ जनाको मृत्यु « Khabarhub

उत्तर भारतमा बाढीपहिरो, २९ जनाको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढी पहिरामा परी कम्तिमा २९ जनाले ज्यान गएका छन्भने कैयौँ घाइते भएका छन् ।

बाढी पहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक अवरुद्ध भएका कारण धेरै क्षेत्रहरू अगम्य बनेका सरकारी अधिकारीहरूले बताएका छन् ।

टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाचल प्रदेशको पहाडी भेगमा मूसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो ।

“विगत दुई दिनमा, हिमाचल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,“ राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भनेका छन् । राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रहमा थप नौ जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन ।

यसैबीच, एएनआईका अनुसार पञ्जाब, उत्तराखण्ड र हिमाचल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय आपद् प्रतिकार्य बल (एनडीआरएफ) ११ टोली तैनाथ गरिएका छन् । लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चाल गर्न सकिएको छैन । तर एनडीआरएफका कर्मचारीले हरसंभव काम गरिरहेका छन् ।

वर्षाका बीच र राति पनि उद्धारलाई जारी राखिएको, पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राज्य प्रशासनका उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रदान गरिएको छ । अलपत्र परेका मानिसहरूलाई पनि एनडीआरएफका जवानले उद्धार गरिरहेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : १७ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र