उत्तर भारतमा बाढीपहिरो, २९ जनाको मृत्यु | Khabarhub Khabarhub

उत्तर भारतमा बाढीपहिरो, २९ जनाको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढी पहिरामा परी कम्तिमा २९ जनाले ज्यान गएका छन्भने कैयौँ घाइते भएका छन् ।

बाढी पहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक अवरुद्ध भएका कारण धेरै क्षेत्रहरू अगम्य बनेका सरकारी अधिकारीहरूले बताएका छन् ।

टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाचल प्रदेशको पहाडी भेगमा मूसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो ।

“विगत दुई दिनमा, हिमाचल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,“ राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भनेका छन् । राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रहमा थप नौ जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन ।

यसैबीच, एएनआईका अनुसार पञ्जाब, उत्तराखण्ड र हिमाचल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय आपद् प्रतिकार्य बल (एनडीआरएफ) ११ टोली तैनाथ गरिएका छन् । लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चाल गर्न सकिएको छैन । तर एनडीआरएफका कर्मचारीले हरसंभव काम गरिरहेका छन् ।

वर्षाका बीच र राति पनि उद्धारलाई जारी राखिएको, पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राज्य प्रशासनका उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रदान गरिएको छ । अलपत्र परेका मानिसहरूलाई पनि एनडीआरएफका जवानले उद्धार गरिरहेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : १७ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो