नेविसंघका असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने « Khabarhub

नेविसंघका असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराउ गर्ने भएका छन् ।

नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समूहले हिजो ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउको प्रयाससहित नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् ।

नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले धुम्बाराहीस्थित देउवा निवासमा घर घेराउ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुनर्विचार गर्न दबाब दिइने बताए ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् । उनले गरेको सो मनोयनमा स्वयं रावल पनि अटाएका छैनन् । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ६ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।