अन्तर्राष्ट्रिय

सिनजियाङमा ज्यादतीः बाल्यकालमा कुरान सुन्नेलाई बुढेसकालमा गिरफ्तार

By मनोज घिमिरे

August 10, 2023

सन् २०१७ मा गिरफ्तार भएर १४ वर्षे जेल जीवन बिताइरहेका एक उइघुर मुसलमानको उच्च तनावको कारण जेल भित्र नै निधन भएको छ । सानो हुँदा कुरान पढेको अभियोगमा उनलाई गिरफ्तार गरिएको हो।

७१ वर्षीय अब्दुसराट मेमेटलाई १२ वर्षको हुँदा बाबुले कुरान पढ्दा सुनेर बसेको अभियोगमा गिरफ्तार गरेका थिए । सिनजियाङमका सिकारहरूको डेटा बेस तयार पार्ने क्रममा मेमेटको प्रकरण खुलेको हो । सन् १९६४ को नोभेम्बरदेखि सन् १९६५ को मार्चसम्म कुरान पढेको अभियोगमा उनलाई गिरफ्तार गरिएको हो ।

उनको गिरफ्तारीसँगै प्रान्तीय राजधानी उरुमकीमा उनलाई हिरासतमा राखिएको हो । रेडियो फ्रि एसियाले मेमेटको बारे सोधखोज सुरु गरेपछि प्रहरीले जुलाईको मध्यमा उनको निधन भएको जानकारी दिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार अवैध धार्मिक गतिविधि गरेका कारण उनलाई सन् २०१७ मा गिरफ्तार गरिएको हो । सुरुमा स्वस्थ शरीर भए पनि उच्च तनावका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ। मेमेटको शरीर त्यसपछि परिवारलाई हस्तान्तरण गरिएको थियो ।

७१ वर्षीय अब्दुसराट मेमेटलाई १२ वर्षको हुँदा बाबुले कुरान पढ्दा सुनेर बसेको अभियोगमा गिरफ्तार गरेका थिए । सन् २०१७ मा गिरफ्तार भएर १४ वर्षे जेल जीवन बिताइरहेका उनको उच्च तनावको कारण जेल भित्र नै निधन भएको हो ।

मेमेटको नाम र व्यक्तिगत विवरण कासगारको प्रहरी रिपोर्टमा पनि उल्लेख गरिएको छ । जीङ जीयाङ प्रहरीको त्यो फाइल जीङ जीयाङ प्रहरीको कम्प्युटरबाटै हराएको थियो । सो प्रतिवेदनमा आठ लाख ८३ हजारको व्यक्तिगत विवरण छ। तेस्रो पक्षले सो फाइल प्राप्त गर्दै सो डेटा तयार गरिएको हो । सो डेटा अनुसार २० लाख उइघुर मुसलमान र टर्कीसमाथिको ज्यादतीका कुरा उल्लेख गरिएको छ । ती प्रतिवेदन नै सिनजियाङमा भएको मानव अधिकार हननको प्रमाण हो । कासगर प्रहरीको प्रतिवेदनमा उनले सन् २०१७ भन्दा अघि गिरफ्तारीको कुनै रेकर्ड नभएको जनाएको छ ।

यसअघि सन् २०२२ मा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०१७ देखि यता १० लाख भन्दा बढी मुस्लिमलाई यातना शिविरमा राखिएको जनाइएको थियो । अस्वाभाविक रूपमा मानवीय यातनाका सिकार उनीहरू भएका थिए । यसपछि अन्तर्राष्ट्रिय निकायले यसलाई नरसंहारकै संज्ञा दिँदै विद्रोह प्रतिकार गरेको थियो । बाहिर चुहिएको कागज र आदिवासी समूहका इस्लाम समूहका तथा उइघुरसमेत गरेर २० लाखलाई यातना गृहमा राखिएको चिनियाँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

क्याम्प भन्दा बाहिर सिनजियाङमा रहेका १ करोड १० लाख मुस्लिम चिनियाँ अधिकारीबाट दशकौँ अघिदेखि सताइएका छन् । विज्ञका अनुसार उनीहरू माथिको यातना सन् २०१४ मा सुरु भएर २०१७ मा अझ बढाइएको हो । सन् २०१७ मा उनीहरूलाई राख्ने स्थान अझ बढाइएको बेइजिङको विभिन्न प्रतिवेदनमा उल्लेख गरिएको छ । जर्मनीमा रहेका सिनजियाङ विशेषज्ञ आड्रियन जेन्जका अनुसार सन् २०१७ मा २० बिलियन युनान रिलिज भएको थियो ।

सन् २०२२ मा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०१७ देखि यता १० लाख भन्दा बढी मुस्लिमलाई यातना शिविरमा राखिएको जनाइएको थियो । अस्वाभाविक रूपमा मानवीय यातनाका सिकार उनीहरू भएका थिए ।

सन् २०१९ मा सिनजियाङका गभर्नरले सो क्याम्प बन्द भएको जनाएका थिए । तथापि त्यसको एक वर्षपछि नै अस्ट्रेलियन स्ट्रेजीक पोलिसि इन्स्टिच्युटले स्याटलाइटबाट ३ सय ८० वटा यस्ता क्याम्पको रिपोर्ट तयार गरेको थियो । सिनजियाङमा रहेको सो स्थान जेल जस्ता नै थिए । सन् २०२२ मा ह्युमन राइट वाचले तयार गरेको रिपोर्ट अनुसार पाँच लाख जनालाई विभिन्न अभियोग लगाइएको थियो ।

त्यहाँ रहेकाहरू माथि लगाइएको अभियोग हेर्ने हो भने गम्भीर प्रकृतिका छैनन् । चीनले सन्देहास्पद सूचीमा राखेका २६ वटा देशमा भ्रमण गरेको अभियोगमा धेरैलाई त्यहाँ राखिएको छ । त्यस किसिममा देशमा टर्की र अफगानिस्तान लगायत छन् ।

मस्जिद गएको अभियोगमा धेरैलाई यातना गृहमा राखिएको छ । तीन भन्दा बढी सन्तान भएका कारण धेरैलाई यातना गृहमा राखिएको छ । यसैगरी कुरानको भर्सनमा सन्देश पठाएका कारण धेरैलाई अभियोग लगाइएको छ।

सन् २०२२ मा ह्युमन राइट वाचले तयार गरेको एक प्रतिवेदन अनुसार २६ जना चरम यातनाको सिकार भएकाको अन्तरवार्ता लिइएको थियो । क्यामरामा त्यहाँका धेरै भिडियो कैद भएका छन् । उनीहरूलाई जबरजस्ती कम्युनिजमको पाठ पढाउँदै मुस्लिम विरोधी किताब लगाएर थमाइएको थियो । केहीलाई केरकारको क्रममा सुत्नसमेत दिइएको थिएन । महिलालाई यौन हिंसा गरिएको थियो । त्यसमा बलात्कार पनि थियो ।

सन् २०१९ मा सिनजियाङमा गभर्नरले सो क्याम्प बन्द भएको जनाएका थिए । तथापि त्यसको एक वर्षपछि नै अस्ट्रेलियन स्ट्रेजीक पोलिसि इन्स्टिच्युटले स्याटलाइटबाट ३ सय ८० वटा यस्ता क्याम्पको रिपोर्ट तयार गरेको थियो ।

सरकारी अधिकारीले भने बारम्बार यातना नदिइएको दाबी गरेका छन् । उनीहरूले व्यावसायिक शिक्षा र प्रशिक्षण शिविर सञ्चालन गरेका छन् । उनीहरूले मन्डारिनको पठनपाठन गराउने छन् । चिनियाँ शिक्षा दिने र व्यावसायिक शिक्षा दिने गरेको दाबी गरिरहेका छन् । सन् २०१६ को डिसेम्बर यता कुनै पनि आतङ्ककारी हमला भएको छैन ।

अधिकारीहरूले क्याम्पका कारण हिंसा रोकिएको दाबी गरिरहेका छन् । यसरी अन्तर्राष्ट्रिय क्षेत्रले चासो दिएर त्यहाँका विषय बाहिर ल्याउन थालेपछि चीनले त्यहाँको सरकारी सञ्चार माध्यममार्फत गलत सूचना बाहिर ल्याउने प्रयास गरिएको हो ।

सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता आएपछि सिनजियाङ चीनको अधिनमा पुगेको हो । सिनजियाङले चीनको ६ भागको एक भाग जमिन ओगटेको छ । यसको सीमा ८ देशसँग जोडिएका छन् । यसमा अफगानिस्तान, पाकिस्तान र काजकिस्तानलगायत छन् ।

राष्ट्रपति सी चिन फिङको शासन कालदेखि नै चीनमा धार्मिक गतिविधिमा कठोरता अपनाइएको हो । त्यस प्रान्तमा पाँच धर्मालम्बीको बसोबास रहेको छ । त्यसमा बुद्धिस्ट, क्याथोलीक, डायोजीम, इस्लाम र प्रोटेन्सिजम छन् ।

अधिकारीहरूले क्याम्पका कारण हिंसा रोकिएको दाबी गरिरहेका छन् । यसरी अन्तर्राष्ट्रिय क्षेत्रले चासो दिएर त्यहाँका विषय बाहिर ल्याउन थालेपछि चीनले त्यहाँको सरकारी सञ्चार माध्यममार्फत गलत सूचना बाहिर ल्याउने प्रयास गरिएको हो ।

सन् २००९ मा चीनमा उइघुरको ठुलो विरोध प्रदर्शन भएको थियो । सो प्रदर्शन राज्य संरक्षित हान समुदायको विरुद्धमा थियो । त्यस झडपमा दुई सय जना बन्दी व्यक्तिको ज्यान गएको थियो । बेइजिङको घटनामा त्यो नै एउटा टर्निङ प्वाइन्ट थियो ।

सन् २०१४ मा राष्ट्रपति सीको भ्रमणपछि त्यहाँ उनीहरूमाथि अझ यातनाको सुरुवात भएको हो । उनीहरू माथिको यो ज्यादतीको मूल कारण भने अर्कै रहेको पनि हुनसक्छ । बेल्ट रोड इनिसेटिभ (बीआरआई)का लागि हुनसक्ने सबै सम्भाव्य बाधा र विरोधका घटनालाई निर्मूल पार्ने त्यहाँको नीति छ ।

इन्टरग्रेटिेड ज्वाइन्ट अपरेसन सिस्टम (आइजीओपी) मार्फत त्यहाँ मुख्य निगरानी राखिएको छ । उनीहरूको त्यहाँको कार्यशैली प्रहरी र अन्य प्रशासनले काम गरिरहेको झझल्को दिने किसिमको छ ।

मानव अधिकारवादी संस्थाले अफिसियलले सबै कुराको निगरानी गर्न त्यस एपको प्रयोग गरेको जनाएको छ । यसैबाट व्यक्तिगत विवरणकोसमेत पत्तो लगाइने छ ।

आइजीओपीको अर्को विशेषता भनेको यसले व्यक्तिगत विवरण पनि पत्ता लगाउँछ । कसको कोसँग निकटता छ भन्ने कुराको जानकारी यसले लगाउने हो । स्रोतः एचआरडब्लु सीएफआरओआरजी, आरएफए डटओआरजी, ज्याकोबीन डटकम