गण्डकी प्रदेशसभा बैठक बस्दै « Khabarhub

गण्डकी प्रदेशसभा बैठक बस्दै


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।

गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : २९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको