बेनी-जोमसोम सडक खण्डमा सँधै पहिरोको जोखिम « Khabarhub

बेनी-जोमसोम सडक खण्डमा सँधै पहिरोको जोखिम


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बेनीबेनी-जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते भए। बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुंगा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । बेनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ‘रेफर’ गरिएकामा उनको अहिले शल्यक्रिया पश्चात आइसियूमा उपचार भइरहेको छ ।

एक सातादेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको बैसरी खण्डमा पहिरोले सिधा सवारी आवागमन प्रभावित बनेको छ । चार दिनपछि सडकमा थुप्रिएको पहिरो ‘डोजर’को सहायताले पन्छाएर आंशिक रुपमा सडक सुचारु भएको केही घण्टामै दुर्घटना भएपछि बैसरीको पहिरोले यात्रु र सवारी चालकमा भय र त्रास सिर्जना गरेको छ । 

यसअघि पनि यस पहिरोबाट खसेको ढुंगा लागेर सवारी चालक र यात्रु पटक-पटक घाइते भइसकेका छन् । बैसरीमा खसेको पहिरोले मुस्ताङ र उत्तरी म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको यात्रा कष्टकर र सास्तीपूर्ण बनाएको छ  । राहुपारेबैसरीको बिचमा रहेको अँधेरीखोला आसपासमा निरन्तर पहिरो खस्न थालेपछि यस सडकखण्डमा सिधा सवारी अवरुद्ध हुन थालेको छ । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत यो सडक कालोपत्रसहित निर्माणधीन छ । 

बैसरीमा गएको पहिरोको कारण अवरुद्ध बनेको र जोखिमपूर्ण सडकको वैकल्पिक मार्ग तिलकेनी–बगैँचा–रानीपौवा–चौर–रिसिनचौतारी–माछखर्क हुँदै बेगखोला सडक भए पनि यो सडक उपेक्षामा परेको छ । मोटरसाइकल, जिप लगायतका साना सवारी साधन आवतजावत गर्ने यो सडकलाई वैकल्पिक मार्गको रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ । साँघुरो र जीर्ण अवस्थामा रहेको वैकल्पिक सडकलाई स्तरोन्नति गरी सञ्चालन गरेमा बैसरीको पहिरोको जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हट्ने रिसिनचौतारीका स्थानीयवासी प्रेम केसीले बताए। 

‘मुख्य बाटो पहिरोको जोखिममा छ, वैकल्पिक बाटो साँघुरो र हिलाम्मे छ, कम्तीमा मर्मत सम्भार गर्न सकेमा वैकल्पिक बाटोलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ, यसो गर्दा पहिरो रोकथाम नहुँदासम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन सकिन्छ’,उनले भने। वैकल्पिक बाटोलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निकायले उदासिनता देखाएको स्थानीयवासीको गुनासो छ । 

बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि मुस्ताङको घाँसासम्मको सडक बाढीपहिरोको कारण जोखिमयुक्त मानिन्छ । यस खण्डमा हरेक वर्ष पहिरो र बाढीले यातायात अवरुद्ध हुँदै आएको छ । निर्माणधीन अवस्थामा रहेको सडकको वैकल्पिक सडकको ‘ट्र्याक’ भए पनि स्तरोन्नति गरी सुचारु गर्नतर्फ सरोकारवालाको ध्यान नजाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । 

तत्काललाई पहिरोलाई छलेर नयाँ ‘ट्र्याक’ बनाउन र यसअघि नै तयार भएको रानीपौवा–बेगखोला सडकलाई स्तरोन्नति गरी दीर्घकालीन वैकल्पिक सडक बनाउन आयोजना र सम्बन्धित निकायमा माग गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिएका छन् । 

अहिले बैसरीमा पहिरोले सिधा सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम सडकमा गुड्ने मोटरसाइकल, बोलेरो, जीप लगायतका साना सवारी साधनले यसै वैकल्पिक सडकलाई प्रयोग गरेका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १२ : १५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको