भारतीय ब्याटर मनोज तिवारीले लिए सन्यास फिर्ता | Khabarhub Khabarhub

भारतीय ब्याटर मनोज तिवारीले लिए सन्यास फिर्ता


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय ब्याटर मनोज तिवारीले सन्यासको घोषणा लिएको पाँच दिन पश्चात आफ्नो निर्णय फिर्ता लिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो घोषणाबारे पुर्नविचार गर्दै एक वर्ष रणजी ट्रफीमा बंगालबाट खेल्ने बताएका हुन् ।

उनले भने, ‘मलाई राज (गांगुली)ले एक वर्ष रणजी ट्रफी खेल्न मनाउनु भयो । मैले यो कुरा घरमा श्रीमतीलाई पनि सुनाएँ, उनी पनि यो कुरामा सहमत भइन् । पछिल्लो वर्ष बंगालले मेरो कप्तानीमा रणजी ट्रफीको फाइनल प्रवेश गरेको थियो ।’

उनले समर्थकहरूको पनि धेरै म्यासेज आएको र उनीहरूले सन्यासबारे पुनर्विचार गर्न भनेको उनले बताएका थिए ।

‘शुभचिन्तकहरुले पनि मलाई म्यासेज गरेर पुनर्विचार गर्न भने ।’ उनले एक वर्ष रणजी ट्रफी खेलेर मैदानबाट नै सन्यास लिनेबारे सोचेको बताए ।उनले सन्यासको घोषणाको पछाडि केही ठोस कारण नभएको र त्यो बेला उनी अलमल्ल रहेको बताए ।

उनले २०२३-२४ को सिजनमात्रै खेल्ने निश्चित गरेका हुन् । उनले १४१ फस्ट क्लास क्रिकेट खेलेका छन् । जसमा उनी ९२ रनले मात्रै १० हजार रन बनाउनबाट पछि छन् ।

उनले २९ शतक र ४५ अर्धशतक बनाएका छन् । अन्तर्राष्ट्रिय खेलमा उनले १२ एकदिवसीय खेलेका छन् भने टी-२० अन्तर्राष्ट्रियमा उनले २००८ देखि २०१५ सम्म खेलेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १ : १९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय