एसिया कप खेल्न बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा  « Khabarhub

एसिया कप खेल्न बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा 


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानी क्रिकेट बोर्डले एसिया कप र त्यसअघि अफगानिस्तानसँग हुने ३ खेलको एकदिवसीय शृङ्खलाका लागि टोलीको घोषणा गरेको छ । पीसीबीले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

अगष्ट ३० बाट सुरु हुने एसिया कपको तयारीका क्रममा पाकिस्तानले अफगानिस्तानसँग श्रीलंकामा ३ खेलको एकदिवसीय शृंखला खेल्न लागेको हो ।

पाकिस्तान र अफगानिस्तानले अगष्ट २२, २४ र २६ मा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ । पाकिस्तानले एसिया कपमा पहिलो खेलमा आफ्नै घरेलु मैदानमा नेपालसँग खेल्नेछ ।

पाकिस्तानको टोलीमा बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), अब्दुल्लाह सफिक, फहिम अस्रार्फ, फकार जमान, हरिश रार्फ, इफ्तिकार अहमद, इमाल उल हक, मोहम्मद हरिश, मोहम्मद नवाज, मोहम्मद रिज्वान, मोहम्मद वासिम (जुनियर), नजिम शाह, सल्मान अलि अगाह, साउद सकिल, शाहिन अफ्रिदी, तयाब ताहिर र उस्मा मिर रहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १ : ३४ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ