‘जवान’ प्रचारमा शाहरुखको रणनीति : अन्तर्वार्ता नदिने « Khabarhub

‘जवान’ प्रचारमा शाहरुखको रणनीति : अन्तर्वार्ता नदिने


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान फेरि एकपटक एक्सन अवतारमा ‘जवान’मा देखिँदैछन् । आगामी सेप्टेम्बर ७ मा रिलिज हुने यो फिल्मलाई दर्शकहरू उत्साहित छन् । हालै टिजर र एक गीत रिलिज भएसँगै ‘जवान’को फ्यानहरुमाझ व्यग्र पर्खाइ छ ।

निर्माण कम्पनीले केही दिनकै फिल्मको ट्रेलर सार्वजनिक गर्ने जनाएको बलिउड सञ्चारमाध्यले उल्लेख गरेका छन् ।प्रदर्शन हुन एक महिना बाँकी रहँदा शाहरुख खानले फिल्म प्रवर्द्धनको खास रणनीति अपनाउने बताएका छन् । शाहरुखले पठानका बेला अपनाएको तरिकालाई नै जवानमा पनि फलो गर्ने संकेत गरेका छन् ।

बलिउड हंगामाका अनुसार शाहरुखले फिल्म रिलिजअघि कुनै पनि अन्तर्वार्ता नदिने र मिडियासँग सवालजवाफ पनि नगर्ने भएका छन् । पठानका बेला पनि उनले यही शैली अपनाएका थिए । शाहरुखको विश्वास छ कि बिना अन्तर्वार्ता पनि दर्शक सिनेमाघरसम्म पुग्नेछन् । 

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा गौरी खानले निर्माण गरेको फिल्म ‘जवान’लाई एट्लीले निर्देशन गरेका हुन् । फिल्ममा शाहरुखका साथै नयनतारा, विजय सेतुपाती, प्रियामणि, सान्या मल्होत्रा र रिधि डोगराको मुख्य भूमिका छ । 

फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिँदैछिन् । फिल्म हिन्दीका साथै तेलुगू र तमिल भाषामा पनि प्रदर्शन हुनेछ ।

(स्रोत-एनआई)

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  २ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको