अक्षय, सञ्जय र अरशदको ‘वेलकम ३’ लाई अहमद खानले निर्देशन गर्दै | Khabarhub Khabarhub

अक्षय, सञ्जय र अरशदको ‘वेलकम ३’ लाई अहमद खानले निर्देशन गर्दै


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २००७ मा रिलिल भएको फिल्म ‘वेलकम’का मजनु भाइ र उदय शेट्टी त तपाईंलाई याद नै होला ।

अनिल कपुर र नाना पाटेकरले यी पात्रमा ज्यान भरेका थिए । फिल्मलाई दर्शकले उत्साहपूर्वक रुचाएपछि निर्माताले सन् २०१५ मा यसको दोस्रो सिक्वेल ‘वेलकम ब्याक’ ल्याए । अब यसको तेस्रो शृंखलाबारे चर्चा सुरु भएको छ ।

‘वेलकम’का दुवै शृंखला अनिश बज्मीले गरेका थिए भने तेस्रो शृंखलाको निर्देशकको जिम्मेवारी अहमद खानले लिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा अनिल कपुर र नाना पाटेकरको ठाउँमा सञ्जय दत्त र अरशद वारसी भित्रिएका छन् भने अक्षय कुमार पनि यो फिल्ममा शीर्ष भूमिकामा हुनेछन् । ‘वेलकम ब्याक’मा अक्षयको ठाउँमा जोन अब्राहम थिए ।

समाचारअनुसार फिल्मका निर्माता फिरोज नाडियावाला र अहमद खानबीच निकै राम्रो बन्डिङ हुने गरेको छ । 

(स्रोत- एनआई)

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  २ : २७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः