नेपाल युवा परिषद्द्वारा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन « Khabarhub

नेपाल युवा परिषद्द्वारा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा काठमाडौँमा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मेलनको उद्घाटन गर्ने छन् । भोलि उपसभामुख इन्दिरा रानामगरले सम्मेलनको समापन गर्ने कार्यक्रम तय भएको छ । 

 त्यस्तै, सम्मेलनमा राज्यका उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद्, लब्दप्रतिष्ठित उद्यमी, युवा अभियन्तालगायतको व्यक्तित्वले विभिन्न विषयवस्तुमा युवाको भूमिका र सरोकारमा आधारित सम्बोधन गर्ने छन्  ।

 बानेश्वरमा अवस्थित ग्लोवल कलेज अफ म्यानजमेन्टको सभा हलमा  आयोजना गरिने उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरेको ‘ युवाका लागि हरित दक्षता  ः दिगो भविष्यतर्फको यात्रा ‘ भनी  नाराका साथ नेपाल युवा परिषदले सम्मेलन गर्न लागेको हो । 

 सम्मेलनमा मुख्य गरी युवाको लागि दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तनको लागि पहल , लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनमा युवा र  सुशासन गरी ६  वटा प्रमुख   पक्षहरुमा विषयविज्ञहरुको  प्रस्तुति तथा सहभागीहरूद्धारा अन्तरक्रिया र गहन छलफल गरिने छ । 

सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरु गरी जम्मा २२० जनाले सहभागिता जनाउने छन् । 

नेपाल युवा परिषदले सन् २०१५ देखि निरन्तर अविचलित देशभरका सक्रिय, होनहार  तथा सचेष्ट युवाहरूलाई काठमाडौंमा ल्याएर युवाको सम्बन्धमा विभिन्न उपलब्धिमूलक  कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  २ : ३७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको