सेयर बजारमा झिनो अंकको वृद्धि « Khabarhub

सेयर बजारमा झिनो अंकको वृद्धि


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार सूचक नेप्सेले बुधबार २ हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेर फर्किएपछि बिहीबार पनि सामान्य हिसाबले सकारात्मक बनेको छ । 

यस दिन नेप्से सूचक ५.१३ विन्दुले बढेर २०६६.०५ अंकमा आएको छ । २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले वृद्धि भएको छ । 

यसअघि २२ सय भन्दा माथि पुगेको बजार घटेर बुधबार इन्ट्रा डे कारोबारमा बुधबार करिब २ हजार विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि भने बजारले सकारात्मक गति समाएको थियो । बिहीबार पनि बजार बढेकाले सोही विन्दुलाई नै सपोर्ट बनाएर बजार फर्किएको धेरैले अनुमान लगएका छन् ।

यस दिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै १७ करोड रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र शिवम् सिमेन्ट्स रहेका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ३ : ५६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।