जातका नाममा घृणा पैदा भए देशको अस्तित्व सकिन्छ : ओली « Khabarhub

जातका नाममा घृणा पैदा भए देशको अस्तित्व सकिन्छ : ओली


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा पैदा भएमा देशलाई जोगाउन नसकिने बताएका छन् । 

विश्व आदिवासी दिवसको अवसरमा बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने देशको अस्तित्व समाप्त हुने बताएका छन् ।

‘हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन,’ उनले भने । 

पहिचान देशको हितका लागि हुनुपर्ने भन्दै उनले पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको बताए । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ४ : २५ बजे

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच