राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलित « Khabarhub

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलित


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ ।

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो । 

बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार शुक्रबार  बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाँधेर नियमित कार्यालयको काम गर्ने, साउन ३१ गते कालो पट्टी बाँधे १ घण्टा, साउन ३२ गते र भदौ १ गते दिन कालो पट्टी बाँधेर २ घण्टा पेन डाउन गरी विरोध जनाउने संघर्षका कार्यक्रम छन् । 

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्ति :

यस राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहेका कर्मचारीहरूको लामो समय सम्म बढुवा नभई संस्थागत रुपमा नै ठुलो समस्या सृजना भई खेलाडी, प्रशिक्षकहरू समेत पलायन भइरहेको अवस्थामा कर्मचारी संघको पहलमा परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसार कर्मचारी सेवा शर्त नियमावली २०६८ को दोश्रो संशोधन परिच्छेद ६ को दफा ५६ को उपनियम १ र १(क) मा भएको व्यवस्था बमोजिम कर्मचारीहरूको बढुवा प्रक्रिया अगाडि बढाई सूचना प्रकाशित समेत गरी परिषद अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका कर्मचारीहरुमध्ये नियमानुसार सम्भावित कर्मचारीहरूले तोकिएकै मिति भित्र परिषद्मा आएर पदपूर्ति समितिबाट बढुवाका लागि स्वीकृत दरखास्त फारम भरी बुझाइसकिएको र पदपूर्ति समितिले पनि विद्यमान नियमावली बमोजिम समितिबाट गर्नुपर्ने प्रारम्भिक चरणका कार्यहरू ९९ प्रतिशतभन्दा बढी सम्पन्न गरी बढुवाको लागि योग्य उम्मेदवारको अन्तिम नामावली निर्णय’ गरी अनुमोदनका लागि परिषद् समक्ष सिफारिस गर्नुपर्ने काममात्र बाँकी रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहित स्वार्थ बोकेका कर्मचारीहरूले राष्ट्रिय खेलकुद परिषद् प्रति रहेको असहयोगका कारणले माननीय युवा तथा खेलकुद मन्त्री युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवज्यू बाट भएको ऐतिहासिक र सकारात्मक कार्यले समेत सार्थक परिणाम पाउन नसकिरहेको कारणले यस कर्मचारीसंघले माननीय युवा तथा खेलकुद मन्त्री मन्त्रालयका सचिवज्यू परिषद्का उपाध्यक्ष लगायत परिषद्का सदस्य सचिवज्यू लाई ३ दिनको समयसीमा दिई ज्ञापन पत्र बुझाएको व्यहोरा पत्रकार मित्रहरूमा जानकारी गराउँदै उक्त ज्ञापन पत्रको माग अनुसारको सकारात्मक सम्बोधन सम्बन्धित पक्षबाट नआएकोले यो प्रक्रिया लाई छिटो भन्दा छिटो सार्थक परिणाममा पुर्‍याउनका लागि यस कर्मचारीसंघको निर्णय अनुसार मिति २०८० श्रावण २६ गते शुक्रबारका दिनदेखि देहायका प्रथम चरणका संघर्षका कार्यक्रम घोषणा गरी चरणवद्ध आन्दोलनमा उत्रने व्यहोरा पत्रकारमित्रहरुमा जानकारीका लागि अनुरोध छ ।

सङ्घर्षका कार्यक्रमहरू

१- २०८० श्रावण २६ गते शुक्रबारका दिन बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरूको भेला गराई कोण सभा कार्यक्रमको आयोजन गर्ने ।

२- २०८० श्रावण २८ देखि ३० गते सम्म कालो पट्टि बाँधि नियमित कार्यालयको काम गर्ने ।

३- २०८० श्रावण ३१ गते बुधवारका दिन कालो पट्टि बाँधि १ घण्टा, श्रावण ३२ गते बिहिवारका दिन र भाद्र १ गते शुक्रबारका दिन कालो पट्टि बाँधि २ घण्टा पेन डाउन गरी विरोध जनाउने ।

अन्तमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइदिनु भएका पत्रकार मित्रहरूमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ धन्यवाद दिदै यहाँहरूको सञ्चार माध्यम मार्फत सरोकारवाला सम्बन्धित सबै पक्षहरुलाई आवश्यक सहयोग र समन्वयका लागि ध्यानाकर्षण गराइदिन हुन अनुरोध गर्दछु ।
धन्यवाद ।

सरस्वती केसी (भण्डारी)
अध्यक्ष

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ४ : ५८ बजे

जेन-जी र बारा प्रशासनको वार्तामा जोडिए सुदन र पुरुषोत्तम (तस्बिरहरू)

काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट

द्वन्द्व व्यवस्थापनमा विश्वले नेपालबाट सिक्न सक्छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले नेपालको शान्ति

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १ सय ७१ स्वास्थ्य संस्थाको सूची सार्वजनिक

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

कुलमानले भने- ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ अर्ब ८९ करोड ४६ लाख बजेट पारित 

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ