राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास सम्भव : ओली « Khabarhub

राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास सम्भव : ओली


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताएका हुन् ।

उनले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली भनेको सबै धर्म, जाति, संस्कृतिका सबै भूगोलमा बस्ने सबै व्यवसायमा बस्ने जनताको कुरा हो’, अध्यक्ष ओलीले भने।

उनले मुलुकमा आदिवासी, मधेसी, पहाडी, हिमाली जुनसुकै पूर्व–पश्चिम उत्तर–दक्षिण क्षेत्रका भए पनि सबैले अधिकार र विकास पाउनुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले एउटै देशका भू–भाग र जनतामा कोही धनी र कोही खान लगाउन नपाउने जस्तो स्थितिको अन्त्य हुनपर्ने भनाइ राखे ।

आदिवासी जनजातिको मात्र माग नभई सबैका लागि सामाजिक न्याय र समान अवसर मुलुकमा हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले मुलुकमा समाजिक न्याय र समान अवसरलाई बिथोल्ने प्रयास गर्न नहुने बताए । जातीय द्वन्द्वका कारण धेरै देशले अस्तित्व गुमाएको भन्दै उनले विविधतामा समानता आवश्यक रहेको भनाइ राखे ।

‘असमानताको अन्त्य र विविधताको सम्मान हुनुपर्दछ । विविधता हाम्रो सम्पत्ति भएकाले कलहको विषय बनाइनु हँदैन’, उनले भने, ‘सद्भाव र पारस्परिक सम्बन्ध कायम गरिनुपर्दछ । त्यसका आधारमा अगाडि बढ्नुपर्दछ ।’

उनले राज्य एउटा जातीय विशेषको नभई सबै नेपालीको रहेको बताए । ‘यहाँ एउटा धर्म र जातविशेषको राष्ट्र हुनु हुँदैन । यहाँ विभिन्न जात, धर्मका मानिस छन् । राज्य सबैलाई समान सेवा दिन बनेको हुनुपर्दछ’, अध्यक्ष ओलीले भने, ‘त्यसैले हामीले सातै प्रदेशको नाम भूगोल, नाला खोलाको नामका आधारमा राखेका हौँ ।’

एमालेले समान हक अधिकार र राष्ट्रिय एकताको पक्षमा लडेको स्मरण गर्दै उनले एमालेलाई जातका नामका कसैले विद्वेष फैलाउन खोजेको बताए। ‘कसैले जातका नाममा भावनात्मक बनाएर हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने त्यतिबेला देश जोगाउन सकिँदैन’, उनले भने। 

अध्यक्ष ओलीले सबै जातजातिका भाषा, संस्कृतिका मानिस सबै भूगोलमा बस्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्। उनले पहिचान भन्ने कुरा साम्प्रदायिक नभई आफ्नो थर, जात र भूगोलमा गर्व हुने भनाइ राखे ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ६ : १८ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा