आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित « Khabarhub

आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने जनाइएपछि दलहरूको आन्तरिक तयारी नपुगेका कारण सो विषय थाँती रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए।

उनले तयारीबिनै प्रदेशसभा बैठक निर्धारण गरिएको र सरकारले बिजनेस दिन नसकेको धारणा राखे । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले एमालेले विषयगत समितिमा रहने सदस्यको नामावली नबुझाएका कारण समिति गठनको प्रक्रिया लम्बिएको बताए । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले भने समितिमा बस्ने सदस्यको नाम टुङ्ग्याइसकेका छन् ।

प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले अब बस्ने प्रदेशसभा बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने बताए । सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा पेस हुने जनाएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुनसकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ३४ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड