बेलायती खुद्रा बिक्रेता विल्को धराशायी « Khabarhub

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायहरूलाई असर पुर्‍याएको बताएका छन् ।

उक्त समूह करिब ४०० स्टोरहरूबाट सञ्चालित साथै अन्य साना घरेलू सामानहरूको अतिरिक्त सरसफाइ र बगैँचासम्बन्धी उत्पादनहरूको अनलाइन बिक्री गर्दैआएको विल्कोले आफू कठिन मोडमा पुगेको जनाउँदै आफूलाई नयाँ प्रशासनको जिम्मा लगाएको हो । 

विल्कोका प्रमुख कार्यकारी अधिकृत ज्याक्सनले आफ्नो वेबसाइटमा एक खुला पत्रमा भनेका छन् ‘हामी सबैले यो अविश्वसनीय व्यवसायलाई अक्षुण्ण राख्न कडा सङ्घर्ष गरेका छौं तर समय समाप्त भएको छ भनेर स्वीकार्नुपर्छ ।’

उनले प्रसङ्गलाई जोड्दै भने, ‘अब हामीले हाम्रो नियुक्त प्रशासकहरूसँग काम गरेर सकेसम्म लामो समयसम्म धेरैभन्दा धेरै रोजगारीहरू सुरक्षित राख्नको लागी सबैभन्दा राम्रो गर्नु पर्दछ ।’

विल्कोले सन् १९३० मा स्थापना भएको संकटग्रस्त कम्पनीको प्रशासकको रूपमा प्राइस वाटरहाउस कूपर्सलाई नियुक्त गरेको थियो ।  प्राइस वाटर हाउस कुपर्स लण्डनमा केन्द्रिय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यवसायी फर्म हो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ५५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने