लागूऔषधसहित तनहुँबाट दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित तनहुँबाट दुई जना पक्राउ


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस जाँच गर्दा बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका–३ का २१ वर्षीय अनिश विक पक्राउ परेको प्रहरीको भनाइ छ।

प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद गरेको छ। निजविरुद्ध बिहीबार अदालतबाट १० दिनको म्याद थप गरिएको छ।

यस्तै व्यास–४ भोर्लेटारचोकबाट व्यास–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर कामी गाँजासहित पक्राउ परेका छन्। कामीले पछाडि बोकेको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा १ किलो ९ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद भएको र उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ८ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया