लागूऔषधसहित तनहुँबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित तनहुँबाट दुई जना पक्राउ


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस जाँच गर्दा बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका–३ का २१ वर्षीय अनिश विक पक्राउ परेको प्रहरीको भनाइ छ।

प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद गरेको छ। निजविरुद्ध बिहीबार अदालतबाट १० दिनको म्याद थप गरिएको छ।

यस्तै व्यास–४ भोर्लेटारचोकबाट व्यास–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर कामी गाँजासहित पक्राउ परेका छन्। कामीले पछाडि बोकेको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा १ किलो ९ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद भएको र उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ८ : २३ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु