मोदी सरकारविरूद्धको अविश्वासको प्रस्ताव असफल « Khabarhub

मोदी सरकारविरूद्धको अविश्वासको प्रस्ताव असफल


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोदी सरकारले तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री मोदीको चर्को भाषणपछि बिहीबार संसदमा अविश्वासको प्रस्ताव ध्वनी मतको आधारमा परास्त भएको छ ।

काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनिमतमा उक्त प्रस्ताव पराजित भएको हो । उक्त दृष्य भारतीय टेलिभिजनहरूमा देखाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिइरहेका बेला विपक्षी दलका सदस्यले उनको सम्बोधन बहिस्कार गर्दै बिहीबार संसद भवनबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीले विभिन्न विषयमा विपक्षीले उठाएको सवालको जवाफ गरिरहँदा विपक्षी गठबन्धन (आई.एन.डी.आई.ए) समूहका सदस्यहरूले सम्बोधनलाई बहिस्कार गरी सदनबाट बाहिरिएका हुन् । उनीहरूको उद्देश्य प्रधानमन्त्रीको सम्बोधनका क्रममा विपक्षी बेन्चहरू खाली गर्ने रहेको देखिएको थियो ।

आफ्नो भाषणको क्रममा प्रधानमन्त्री मोदीले विपक्षी दलहरूमाथि कटाक्ष गर्दै अविश्वासको मत आफ्नो दल वा गठबन्धनलाई सन् २०२४ को लोकसभा निर्बाचन बिजयका लागि भगवानको आशीर्वाद भएको बताएका थिए ।

लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ८ : ४४ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका