मोदी सरकारविरूद्धको अविश्वासको प्रस्ताव असफल « Khabarhub

मोदी सरकारविरूद्धको अविश्वासको प्रस्ताव असफल


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोदी सरकारले तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री मोदीको चर्को भाषणपछि बिहीबार संसदमा अविश्वासको प्रस्ताव ध्वनी मतको आधारमा परास्त भएको छ ।

काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनिमतमा उक्त प्रस्ताव पराजित भएको हो । उक्त दृष्य भारतीय टेलिभिजनहरूमा देखाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिइरहेका बेला विपक्षी दलका सदस्यले उनको सम्बोधन बहिस्कार गर्दै बिहीबार संसद भवनबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीले विभिन्न विषयमा विपक्षीले उठाएको सवालको जवाफ गरिरहँदा विपक्षी गठबन्धन (आई.एन.डी.आई.ए) समूहका सदस्यहरूले सम्बोधनलाई बहिस्कार गरी सदनबाट बाहिरिएका हुन् । उनीहरूको उद्देश्य प्रधानमन्त्रीको सम्बोधनका क्रममा विपक्षी बेन्चहरू खाली गर्ने रहेको देखिएको थियो ।

आफ्नो भाषणको क्रममा प्रधानमन्त्री मोदीले विपक्षी दलहरूमाथि कटाक्ष गर्दै अविश्वासको मत आफ्नो दल वा गठबन्धनलाई सन् २०२४ को लोकसभा निर्बाचन बिजयका लागि भगवानको आशीर्वाद भएको बताएका थिए ।

लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ८ : ४४ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले