शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्नेमा युक्रेनको अडान « Khabarhub

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्नेमा युक्रेनको अडान


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् ।

इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।”

उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले “अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्न कूटनीतिक तरिकाहरू” अपनाउँन चाहेको उल्लेख गरेका छन् ।

गत हप्ता युक्रेन सङ्कटको समाधानका लागि काम गर्न साउदी अरबको सहर जेद्दाहमा करिब ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधिहरू भेला भएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ५६ बजे

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको