विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ | Khabarhub Khabarhub

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन् । 

उनले निर्वाचनका बेला भिन्नभिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने बताए ।

स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले विकासमा सबैको अपनत्व भयो भने दिगो र प्रभावकारी हुने बताए । 

कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उनको भनाइ थियो ।

मन्त्री गुरुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरूप काम गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन् । केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।’

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रूपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताइन् । 

गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताए ।

नगरप्रमुख कृष्ण खाणले वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : १३ बजे

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार

भारत– भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट

ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले लगाएको

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ– दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश