बागमती प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दै « Khabarhub

बागमती प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दै


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

आजका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक बिहान १० बजे बस्नेछ । सो बैठक प्रदेश सचिवालय भवनमा बोलाइएको छ ।  

उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ । यही भदौ १८ गतेदेखि बैठक बस्न नसकी तीन पटक सारिएको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन् । 

सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ८ : ११ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको