राप्रपा नेपाल निकट टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा « Khabarhub

राप्रपा नेपाल निकट टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौँमा हुने भएको छ ।

टुकोनको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरूको वृहत राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो ।

चाडवाडको मुखमा सम्मेलन गर्दा दूरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरूको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । 

६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासङ्घले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरू सहभागी गराउने बताइएको छ ।

महासङ्घका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महँगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को सक्रिय सहभागिता रहने निर्णय गरेको छ ।

श्रमिकहरूको हकहितको लागि निरन्तर सङ्घर्षमा रहेको सो महासङ्घले श्रमिकहरूको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरूको लागि न्यायोचित वृद्धि नभएको ठहर गर्दै महँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : ४८ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।