राप्रपा नेपाल निकट टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा | Khabarhub Khabarhub

राप्रपा नेपाल निकट टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौँमा हुने भएको छ ।

टुकोनको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरूको वृहत राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो ।

चाडवाडको मुखमा सम्मेलन गर्दा दूरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरूको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । 

६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासङ्घले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरू सहभागी गराउने बताइएको छ ।

महासङ्घका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महँगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को सक्रिय सहभागिता रहने निर्णय गरेको छ ।

श्रमिकहरूको हकहितको लागि निरन्तर सङ्घर्षमा रहेको सो महासङ्घले श्रमिकहरूको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरूको लागि न्यायोचित वृद्धि नभएको ठहर गर्दै महँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : ४८ बजे

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी