नेपालको परराष्ट्र नीतिबारे धेरै हामीले व्याख्या गरिरहनु पर्दैन। हामीलाई कोही प्रधानमन्त्री र मन्त्री बन्यो भने कहाँबाट विदेश भ्रमण गर्ने भन्नेमा बहस हुन्छ। यताबाट जाने कि उताबाट जाने ? भ्रमण गर्ने कुराबाट नेपालको राजनीतिको सुरुवात हुन्छ।
भ्रमणबाट नेपालको राजनीतिक सुरु हुँदो रहेछ। हुँदाहुँदै धेरै कुराहरू हामीले हेर्यौं। कुन प्रकारले अगाडि जाने, यसले आर्थिक र कूटनीति कति असर गर्छ भन्ने कुरा ध्यान दिएनौँ भने नेपालको राजनीतिमा ठुलो समस्या उत्पन्न हुने देखिन्छ।
कतिपय त हामीले याद गर्दैनौँ। साना कुराले मान्छेलाई अलिकति फिल गराउँदो रहेछ। कहिलेकाहीँ परराष्ट्र मन्त्री, अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री अलिकता छिमेकीहरूको लेबलको भएन भने पनि हेरेर बस्ने रहेछन्। त्यसले भ्रमणलाई पनि असर गर्ने रहेछ।
यसले विदेशी नेपालमा आउने नआउने कुरामा पनि असर गर्दो रहेछ। त्यसमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ। हामीलाई त कतिसम्म अप्ठ्यारो रहेछ भने कुनै देशका राजदूत नेताको घरघर कुद्छन्। कुनै देशका गुप्तचर प्रमुखहरु आएर रातभर प्रधानमन्त्रीसँग गफ गर्दिन्छन्। हामीलाई थाहा नै हुँदैन कतिपय कुरा। यसलाई बीचबाट लान सकेनौँ भने अप्ठ्यारो हुन्छ।
नेपालको नीतिबारे कुरा गर्दा हामी सरकार परिवर्तन भए लगत्तै सबैभन्दा पहिला राजदूत चेन्ज गर्न थाल्छौं। राजदूत मात्र होइन, अझै पार्टीको मान्छे हेर्छौँ। त्यसमा पनि आफ्नो गुटको हेर्छौँ। हामीले विदेश नीतिको सम्बन्धमा जाति र पार्टीभन्दा पनि मुलुकलाई पहिलो प्राथमिकतामा राखेर जानुपर्छ।
एकचोटी केपी ओलीले एउटा भारतसँगको अलिकता विवादको बारेमा मिनेन्द्र रिजालजीलाई भारतीय मिडियाले प्रश्न गरेको थियो। तपाईंको देशको प्रधानमन्त्रीले अर्को देशको बारेमा यसो भन्नुभयो तपाई के भन्नहुन्छ ? प्रधानमन्त्रीको साथमा हुनुहुन्छ ? भनेर उहाँलाई प्रश्न गर्दा जवाफ थियो, ‘हाम्रो देशको प्रधानमन्त्रीसँग हाम्रो धेरै कुरामा मतभेद होलान्, राजनीतिक भिन्नता होला। तर, उहाँले लिएको राष्ट्रियताको बारेमा मेरो समर्थन छ। यसमा म उहाँलाई समर्थन गर्छु।’
त्यही दृष्टिकोण आजको सबैभन्दा उत्तम दृष्टिकोण हो भन्ने मलाई लाग्छ। लगानीका कुरा गर्नुहुन्छ। आज नेपालमा आईसीसीको भवन बनेर बनेपा बर्दिबासको एउटा बाटो बनेपछि हामीले कुन ठुलो लगानी ल्याउन सक्यौँ ? हाम्रो देशको प्रधानमन्त्रीले होइन रेल र पानी जहाजका कुरा गरेको ? दुई तिहाइको सरकार हुँदा कल्पना गरिएका कुरा हुन्। तर कसैले त्यसलाई प्राथमिकतामा राखेनन्। कसैले सहयोग गर्यो ? हाम्रो मात्र दृष्टिकोणले होइन, अरूको मत जित्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ।
एक पक्षीय रुपमा मात्र अगाडि बढेर पनि हुँदैन। हाम्रा कतिपय कुराहरू कुनै देशसँग भाषा, संस्कृति, प्रणाली, मत हाल्ने पद्धति मिल्छन्। राजनीतिक पद्धति पनि मिल्न सक्छन्। जनताबाट निर्वाचित, संसदीय पद्धति नहुन सक्छन्। कतै कुनै कुरा मिल्न सक्दैनन्। नमिले पनि मित्रतालाई साथमै लिएर जान सक्नुपर्छ।
अर्थतन्त्रको बारेमा पनि मेरो विचार फरक छ। आज सिंगापुरजस्तो, दुबई जस्ता मुलुकहरु भूपरिवेष्ठित छैनन्। तर त्यहाँको विकास धेरै छ। हामीले खुला अर्थतन्त्रमा गएपछि अलिकति ‘फेग्जिबल’ हुनु जरुरी छ। हामीले केही कुरामा कडा पनि हुनुपर्छ।
जस्तो: कतिपय लगानीका अनुमति दिँदा हतियारको, तस्करीको लागूऔषधका कुरालाई ध्यान दिएर अरु लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ। त्यसका लागि के के कुराहरू मित्र राष्ट्रसँग सरसल्लाह गर्नुपर्ने हो त्यता ध्यान दिनुपर्छ। नेपालमा लगानीको वातावरण र सम्भावना छ। चुनौती र अवसर पनि छन् भन्ने वतावरण बनाउनुपर्छ। यसले हामीलाई अझ सहयोग प्राप्त हुनसक्छ।
नेपालमा एउटा सेनाको मात्र कुराहरू होइन। चीन र भारतको हेरेर सेनाको संख्या कम होला। तर, यो सेना विश्वमा कति अब्बल छ। सक्षम इमानदार छ भन्ने प्रमाणित गरिसक्यौँ। हो यस्तै प्रमाणित गर्न राजनीतिक पार्टीहरूले सक्यौं भने हाम्रो परराष्ट्र नीत त्यहीबाट सफल हुन्छ।
(काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राख्नुभएको धारणाको सम्पादित अंश)
प्रतिक्रिया