बैतडीमा १८ दिनदेखि बेपत्ता शिक्षकको अवस्था अज्ञात | Khabarhub Khabarhub

बैतडीमा १८ दिनदेखि बेपत्ता शिक्षकको अवस्था अज्ञात


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो ।

बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, “बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरेका छौँ, अवस्था अज्ञात छ ।”

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालय हिँडेका र घर नफर्केका हुन् । शिक्षक बोहराले लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा प्रहरी परिचालल गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

उनले भने, “खोलामा खसेको हुनसक्ने भनेर गन्नीगाड, चमेलिया, महाकाली नदी आसपासमा प्रहरी परिचालन गरेका छौँ, खोजीका लागि नदी पारी दार्चुला र भारतीय प्रहरीलाई पनि जानकारी गराएका छौँ ।”

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  २ : २२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु