सांकेतिक तस्बिर

देश/प्रदेश

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

September 10, 2023

धनकुटा- धनकुटामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको पाख्रिबास नगरपालिका ८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।