निरंकुश राजतन्त्रका दलाल र भ्रष्ट गुण्डाले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हाने : प्रचण्ड « Khabarhub

निरंकुश राजतन्त्रका दलाल र भ्रष्ट गुण्डाले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हाने : प्रचण्ड


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरु र भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको टिप्पणी गरेका छन् ।

मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको घटना सामान्य नभएको बताए ।

केही समयअघि काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणतर्फ सङ्केत गर्दै प्रधानमन्त्री प्रचण्डले यसतर्फ सचेत हुनुपर्ने बताए ।

उनले आफूहरु कमजोर भएपछि कसरी प्रतिक्रान्तिकारीहरुको टाउको उठ्दोरहेछ भन्ने देखिएकोसमेत टिप्पणी गरे । उनले जनक्रान्तिलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताउँदै केही समयपछि राष्ट्रियता, गणतन्त्र र जनजीविकालाई लिएर हामीले लाखौं जनतालाई सडकमा ल्याउने बताए ।

प्रतिक्रान्तिकारी, दक्षिणपन्थी, निरंकुशतावादी, सामन्तवादी दलालहरुको सातो जानेगरी जनताको तागत प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ६ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र