सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलनको घोषणा « Khabarhub

सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलनको घोषणा


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका घोषणा गरेका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन् ।

आन्दोलन घोषणा गर्दै कर्मचारीहरूले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

यसैगरी, भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित पार्ने चेतावनी दिइएको छ । यसअघि उनीहरूले सामुहिक सरुवाको माग गरेका थिए ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ५० बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका