एमाले सुदूरपश्चिम नेतृत्वमा सहमतिको प्रयास असफल, आज मतदान हुँदै « Khabarhub

एमाले सुदूरपश्चिम नेतृत्वमा सहमतिको प्रयास असफल, आज मतदान हुँदै


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले सुदूरपश्चिम अधिवेशन अन्तर्गत प्रदेशको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि सहमतिको प्रयास असफल भएपछि निर्वाचन समितिले आज साँझ ५ बजेदेखि मतदान गराउन लागेको हो ।

प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ५ बजेबाट मतदान सुरु हुनेछ ।

गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेशनको भावी नेतृत्वका लागि हिजो दिनभर सहमतिको प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।

 

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ४८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको