नगरकोटमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट « Khabarhub

नगरकोटमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले सोमवार नगरपालिकाको वडा नम्बर ६ नगरकोट क्षेत्रमा रहेका मिनीमार्ट र खाद्य पसलमा अनुगमन गरेको छ ।

उपभोक्ताको हित संरक्षणार्थ त्यहाँँ रहेका क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जानकारी दिए ।

अनुगमनमा बलराम स्टोरमा चिनी प्रति केजी १३५ रुपैयाँमा बिक्री गरेको पाइएको छ । खरिद बिल माग्दा देखाउन नसकेकाले यसलाई अनुचित व्यवसायजन्य क्रियाकलाप गरेको देखिँदा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सचेतताका लागि पाँच हजार एक सय रुपैयाँ जरिबाना गरिएको छ । साथै उक्त स्टोरलाई तत्कालै मूल्यसूची राख्न निर्देशन दिइएको छ ।

त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरूको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिबाना गरिएको छ । साथै उक्त स्टोरलाई तत्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ भने उक्त स्टोरलाई ढक तराजु नविकरण गर्न निर्देशन दिइएको छ ।

लामा कोल्ड स्टोरको म्याद नाघेको समान जफत गरि नष्ट गरिएको छ । साथ उक्त स्टोरलाई म्याद नाघेको सामानहरु छट्टै राख्न, मूल्यसूची राख्न र अन्त शुल्कको अनुमती लिएर मात्र मदिरा विक्री वितरण गर्न निर्देशन दिइएको छ ।

नगरकोट नपा गाउँ फ्रेस हाउसलाई ७ दिन भित्र व्यवसाय नविकरण गर्न, मूल्य सूची राख्न, ढक तराजु तत्काल नविकरण गर्न निर्देशन दिइएको अधिकृत पौडेलले जानकारी दिए ।

साह स्टोर एण्ड सप्लायर्समा म्याद नाघेको समान बरामद गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्रले जानकारी दिए । साथै उक्त सप्लायर्सलाई मूल्यसूची राख्न, ढक तराजु नविकरण गर्न र व्यवसाय दर्ता नविकरण गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जनाए अनुसार बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र वडा अध्यक्ष धनबहादुर लामा, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेल लगायतको प्रतिनिधित्व रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ३७ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप