एसियाडमा पदक विजेता टोली आज स्वदेश फर्किँदै, नगरपरिक्रमा गराइने « Khabarhub

एसियाडमा पदक विजेता टोली आज स्वदेश फर्किँदै, नगरपरिक्रमा गराइने


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुदमा भाग लिन चीन गएको नेपाली टोली आज स्वदेश फर्किँदैछ । टोली बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा नगरपरिक्रमा र्‍याली गराउने भएको छ ।

र्‍याली विमानस्थल, गौशाला, चावहिल, नारायण गोपाल चोक, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लैनचौर, केशरमहल, दरवारमार्ग, भद्रकाली, शहिदगेट हुँदै दशरथ रगंशाला पुग्ने छ ।

नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : २९ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले