चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सहकार्य « Khabarhub

चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सहकार्य


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नजिकिँदै गरेका ठूला चाडपर्व दसैँ र तिहारमा हुनसक्ने सुरक्षा जोखिमका विषयमा काभ्रेपलाञ्चोकमा सर्वपक्षीय छलफल गरी पूर्वतयारी योजना बनाइएको छ । 

स्थानीय जनप्रतिनिधि, जिल्लास्थित प्रशासन, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सरोकारवालासँगको छलफलले चाडपर्वलाई ‘सुरक्षित’ बनाउन तदारुकता देखाएका हुन् ।

चाडपर्वलक्षित सुरक्षा योजना तथा ट्राफिक व्यवस्थापनलगायतका विषयमा सर्वपक्षीय छलफल गरी शान्ति–सुरक्षा, आवश्यक उपभोग्य वस्तुको आपूर्ति र बिक्री–वितरण सहज बनाउने, कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र सवारी आवागमन सुरक्षित बनाउन स्थानीय तह, जनप्रतिनिधि र सुरक्षा समितिसँग सहकार्य, समन्वय र सूचना आदानप्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

बैठकमा स्थानीय जनप्रतिनिधिले नागरिकलाई सुरक्षित राख्ने प्रतिबद्धतासमेत जनाएका छन् । साथै उनीहरूले अन्य समयमा ज्येष्ठ नागरिक, विद्यार्थीका लागि सार्वजनिक यातायातमा हुँदै आएको सहुलियत चाडपर्वको बेलामा पनि हुनुपर्ने बताएका छन् ।

प्रजिअ शर्माका अनुसार बैठकले एकीकृतरूपमा बजार अनुगमन गर्ने, विद्युत्, टेलिफोन, इन्टरनेट, स्वास्थ्य सेवा, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवा नियमित राख्ने, तीनै तहका सरकारको समन्वयमा सडक सहज बनाउन अवरोध हटाउने, खाल्डाखुल्डी पुर्ने, सडक सुरक्षाबारे अभिमुखीकरणका साथै ट्राफिक सप्ताह सञ्चालन गर्ने, चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गर्ने र प्रचलित भाडादर टाँस्नेलगायत निर्णय भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले चाडपर्वको समयमा बजार अनुगमनलाई विशेष बनाइनुपर्ने बताए । पनौती नगरप्रमुख रामशरण भण्डारीले टिपरले निर्माण सामग्री ढुवानीका क्रममा पानी चुहाएर सडकमा जोखिम बढेको बताए । 

जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले बीपी तथा अरनिको राजमार्गमा सवारीको चाप हुने भएकाले सडक स्तरोन्नति गरी प्रयोगमा ल्याइनुपर्ने बताए ।

यस्तै, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले चाडपर्व लक्षित सुरक्षा योजना बनिसकेकाले सुरक्षित महसुस गरेर चाडपर्व मनाउन अनुरोध गरे । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : १२ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ