एमाले सुदूरपश्चिम नेतृत्वका लागि चारजनाको उम्मेदवारी « Khabarhub

एमाले सुदूरपश्चिम नेतृत्वका लागि चारजनाको उम्मेदवारी


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत आज हुने मतदानका लागि चारजनाले उम्मेदवारी दिएका छन् । 

प्रदेश अध्यक्षका लागि प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले आज बिहान ७ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता र उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशनको समय निर्धारण गरेको थियो । निर्वाचन समितिका अनुसार साढे १२ देखि २ बजेसम्म उम्मेदवारी फिर्ताको समय ताेकिएकाे छ ।

निर्वाचन तालिकाअनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै, बेलुका ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी छ । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ५५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा