रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी « Khabarhub

रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ ।

समग्रमा मस्कोले क्रिमिया प्रायद्वीपबाट इरान निर्मित ३६ वटा ड्रोन हमला गरेको युक्रेनी सेनाले जनाएको छ । सन् २०१४ मा युक्रेनी भूभाग क्रिमियालाई रुसले आफूमा गाभेको थियो । अन्य नौ ड्रोनले कुन लक्ष्यमा हमला गरेको थियो भन्नेबारे सेनाले केही बताएको छैन ।

माइकोलाइभका गभर्नर भितालिए किमले आफ्नो क्षेत्रमा एउटा ड्रोन ध्वस्त भएको टेलिग्रामलाई जानकारी दिए । गत जुलाईमा कृष्ण सागरमार्फत खाद्यान्न ढुवानीका लागि सुरक्षित मार्गको अनुमति दिने सम्झौताबाट युक्रेन बाहिरिएपछि रुसले दक्षिणी युक्रेनका बन्दरगाहरूमा आक्रमणलाई बढाएको छ ।

किभले युक्रेनी ऊर्जा पूर्वाधारहरूमा मस्कोले हवाई आक्रमणको अभियान पुनः सुरु गरेको चेतावनी दिएको छ । गत सेप्टेम्बरको एउटै महिनामा मस्कोले पाँच सयभन्दा बढी साहेद ड्रोन हमला गरेको युक्रेनी परामर्श समूह डिफेन्स एक्सप्रेसले जनाएको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ०५ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय