रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी « Khabarhub

रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ ।

समग्रमा मस्कोले क्रिमिया प्रायद्वीपबाट इरान निर्मित ३६ वटा ड्रोन हमला गरेको युक्रेनी सेनाले जनाएको छ । सन् २०१४ मा युक्रेनी भूभाग क्रिमियालाई रुसले आफूमा गाभेको थियो । अन्य नौ ड्रोनले कुन लक्ष्यमा हमला गरेको थियो भन्नेबारे सेनाले केही बताएको छैन ।

माइकोलाइभका गभर्नर भितालिए किमले आफ्नो क्षेत्रमा एउटा ड्रोन ध्वस्त भएको टेलिग्रामलाई जानकारी दिए । गत जुलाईमा कृष्ण सागरमार्फत खाद्यान्न ढुवानीका लागि सुरक्षित मार्गको अनुमति दिने सम्झौताबाट युक्रेन बाहिरिएपछि रुसले दक्षिणी युक्रेनका बन्दरगाहरूमा आक्रमणलाई बढाएको छ ।

किभले युक्रेनी ऊर्जा पूर्वाधारहरूमा मस्कोले हवाई आक्रमणको अभियान पुनः सुरु गरेको चेतावनी दिएको छ । गत सेप्टेम्बरको एउटै महिनामा मस्कोले पाँच सयभन्दा बढी साहेद ड्रोन हमला गरेको युक्रेनी परामर्श समूह डिफेन्स एक्सप्रेसले जनाएको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ०५ बजे

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर