नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न | Khabarhub Khabarhub

नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–भारत सशस्त्र सीमा बल (एसएसबी) बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफ्फरपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरबीच सीमा समन्वय बैठक भएको थियो ।

बैठकमा नेपाल नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र एसएसबी मुजफ्फरपुर सेक्टर हेडक्वाटरका डिआईजी  दीपक कुमारले नेतृत्व गरेका थिए ।

बैठकमा सीमा अपराध, सीमामा हुने अवैध गतिविधि नियन्त्रण तथा रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने विषयमा छलफल भएको थियो ।

यस्तै, दशगजा अतिक्रमण हुन नदिन, लागूऔषध ओसारपसार नियन्त्रण, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा सरोकारवाला संघ संस्थाहरूसँग आवश्यक समन्वय गरी सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा सहकार्य गर्ने तथा नजिकिँदै गरेको चाडपर्वहरूलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनका लागि हेल्प डेस्क स्थापना गर्ने सहमति भएको छ ।

कार्यक्रममा बेतियाका डिआइजी सुरेश सुबरमनियम, नम्बर २ बाहिनीका सहायक बाहिनीपति माधवप्रसाद पौडेललगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ३० बजे

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको

तीन वर्षमा भारतको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढीले वृद्धि

नयाँ दिल्ली – भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका

प्रधानमन्त्रीलाई ओलीको पत्र : राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन फिर्ता लियौं

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय