काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौको बूढानीलकण्ठ नगरपालिका ३ बूढानीलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही नगरपालिका ५ विष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका १२ घर भएका २० वर्षीय सन्दिप भन्ने समिर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको खुल्न आएका अन्य २ जनालाई समेत काठमाडौं चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, कालिकोटको खाँडाचक्र नगरपालिका २ जितेगडाबाट मान्मतर्फ जाँदै गरेको भे १ च ४३९१ नम्बरको बलेरो गाडीमा सवार भारत घर भएका २५ वर्षीय अभिशेक कुमार कश्यापसहित ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ४७ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर