व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्नू : परराष्ट्रमन्त्री साउद « Khabarhub

व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्नू : परराष्ट्रमन्त्री साउद


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मन्त्री साउदले इजरायलको अवस्था निकै संवेदशनशील भएकाले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । उनले इजरायलको अवस्थालाई लिएर राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

मन्त्री साउदले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको अनलाइन माध्यमबाट विवरण संकलन भइरहेको र हालसम्म दुई सय भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए । नेपाल आउन चाहने नागरिकका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको भन्दै उनले आवश्यक समयमा उद्दारको काम हुने उनले बताए ।

मन्त्री साउदले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका १७ जनाभन्दा बाहेक अन्य नेपालीहरु गम्भीर रूपमा प्रभावित नभएको जिकिर गरे । उनले परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको र यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यबद्धता व्यक्त गरिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न आग्रह गरेका थिए । समिति सदस्य प्रकाशमान सिंहले नेपालमा फर्कन चाहनेहरुका लागि दूतावासको पहलमा सुरक्षित स्थानमा राखेर स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने बताए । इजरायलको घटना निकै संवेदनशील भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले इजरायलको द्वन्द्व बढ्न सक्ने भन्दै छिमेकी मुलुकहरुसँग आवश्यक सहकार्य गरेर उद्दारका लागि तयार हुनुपर्ने बताए ।

छलफलपछि समितिले इजरायल घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश ल्याउन, घाइतेको उपचारका साथै वेपत्ताको खोजि र नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको सभापति राजकिशोर यादवले जानकारी दिए ।

बैठकले भविष्यमा घट्नसक्ने यस्ता घटनाको पूर्वआंकलन गरेर विदेशीस्थित नियोग र दूतावासमार्फत नेपालीहरुको विवरण आवधिक गरि पूर्ण तयारी अवस्था रहने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ०२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल