व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्नू : परराष्ट्रमन्त्री साउद | Khabarhub Khabarhub

व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्नू : परराष्ट्रमन्त्री साउद


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मन्त्री साउदले इजरायलको अवस्था निकै संवेदशनशील भएकाले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । उनले इजरायलको अवस्थालाई लिएर राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

मन्त्री साउदले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको अनलाइन माध्यमबाट विवरण संकलन भइरहेको र हालसम्म दुई सय भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए । नेपाल आउन चाहने नागरिकका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको भन्दै उनले आवश्यक समयमा उद्दारको काम हुने उनले बताए ।

मन्त्री साउदले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका १७ जनाभन्दा बाहेक अन्य नेपालीहरु गम्भीर रूपमा प्रभावित नभएको जिकिर गरे । उनले परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको र यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यबद्धता व्यक्त गरिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न आग्रह गरेका थिए । समिति सदस्य प्रकाशमान सिंहले नेपालमा फर्कन चाहनेहरुका लागि दूतावासको पहलमा सुरक्षित स्थानमा राखेर स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने बताए । इजरायलको घटना निकै संवेदनशील भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले इजरायलको द्वन्द्व बढ्न सक्ने भन्दै छिमेकी मुलुकहरुसँग आवश्यक सहकार्य गरेर उद्दारका लागि तयार हुनुपर्ने बताए ।

छलफलपछि समितिले इजरायल घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश ल्याउन, घाइतेको उपचारका साथै वेपत्ताको खोजि र नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको सभापति राजकिशोर यादवले जानकारी दिए ।

बैठकले भविष्यमा घट्नसक्ने यस्ता घटनाको पूर्वआंकलन गरेर विदेशीस्थित नियोग र दूतावासमार्फत नेपालीहरुको विवरण आवधिक गरि पूर्ण तयारी अवस्था रहने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ०२ बजे

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल– कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर– भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका

टुरमा गएका आधा कलाकार रुष्ट, आयोजक विनोद भन्छन्– ‘अब सुन्छ अमेरिका’ सफल भयो

काठमाडौं – प्रस्तुती दिन गएका आधा कलाकार आयोजकसँग रुष्ट बन्दा

८६ वर्षे चित्रबहादुर केसीको प्रतिप्रश्न– म भ्रष्ट हो र राजनीति छोड्न ?

काठमाडौं- बागलुङ १ बाट विजयी भएका चित्रबहादुर केसी ८६ वर्षका