व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्नू : परराष्ट्रमन्त्री साउद | Khabarhub Khabarhub

व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्नू : परराष्ट्रमन्त्री साउद


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मन्त्री साउदले इजरायलको अवस्था निकै संवेदशनशील भएकाले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । उनले इजरायलको अवस्थालाई लिएर राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

मन्त्री साउदले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको अनलाइन माध्यमबाट विवरण संकलन भइरहेको र हालसम्म दुई सय भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए । नेपाल आउन चाहने नागरिकका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको भन्दै उनले आवश्यक समयमा उद्दारको काम हुने उनले बताए ।

मन्त्री साउदले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका १७ जनाभन्दा बाहेक अन्य नेपालीहरु गम्भीर रूपमा प्रभावित नभएको जिकिर गरे । उनले परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको र यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यबद्धता व्यक्त गरिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न आग्रह गरेका थिए । समिति सदस्य प्रकाशमान सिंहले नेपालमा फर्कन चाहनेहरुका लागि दूतावासको पहलमा सुरक्षित स्थानमा राखेर स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने बताए । इजरायलको घटना निकै संवेदनशील भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले इजरायलको द्वन्द्व बढ्न सक्ने भन्दै छिमेकी मुलुकहरुसँग आवश्यक सहकार्य गरेर उद्दारका लागि तयार हुनुपर्ने बताए ।

छलफलपछि समितिले इजरायल घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश ल्याउन, घाइतेको उपचारका साथै वेपत्ताको खोजि र नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको सभापति राजकिशोर यादवले जानकारी दिए ।

बैठकले भविष्यमा घट्नसक्ने यस्ता घटनाको पूर्वआंकलन गरेर विदेशीस्थित नियोग र दूतावासमार्फत नेपालीहरुको विवरण आवधिक गरि पूर्ण तयारी अवस्था रहने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ०२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य