इजरायल घटनाले सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

इजरायल घटनाले सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको छु : प्रधानमन्त्री प्रचण्ड


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा संगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको भन्दै सरकारको तर्फबाट सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिक देशको सर्वाङ्गीण विकासको आधार भएकाले गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्‍याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

सबै नागरिकको मानसिक सु–स्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको उहाले जानकारी दिए । उनले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताए ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक रहेको जिकिर गरे । त्यस्तै, स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने बताए ।

उनले ५४ सालदेखि रोकिएको स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने काम छिटै सुरु गर्ने जानकारी दिए । मन्त्री बस्नेतले अहिले ठूला ठूला उपकरण खरिद नगर्ने र भएका उपकरणहरुकै उचित प्रयोगमा लागेको बताए ।

त्यस्तै, उनले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने धारणा राखे । मानसिक स्वास्थ्यः सवैको अधिकार भन्ने नाराका साथ मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको हो । नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको पछिल्लो अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ०६ बजे

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान