डेङ्गी सङ्क्रमण कम हुँदै, सुनसरीमा अझै १६ हजारभन्दा धेरै सङ्क्रमित « Khabarhub

डेङ्गी सङ्क्रमण कम हुँदै, सुनसरीमा अझै १६ हजारभन्दा धेरै सङ्क्रमित


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा  घटेको पाइएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा सङ्क्रमण फैलिन नपाएको बताए ।

“हामीले भदौ र असोजमा डेङ्गी सङ्क्रमण बढ्ने प्रक्षेपण गरेका थियौँ”, उनले भने, “स्थानीय तह र सर्वसाधारणले लामखुट्टेका लार्भा नियन्त्रणमा खेलेको भूमिकाले गर्दा सङ्क्रमण बढ्न पाएन ।” सुनसरी जिल्लाबाहेक अन्य जिल्लामा डेङ्गी नियन्त्रणमा रहेको उनको भनाइ छ ।

यस वर्ष अहिलेसम्म ३५ हजार दुई सय २३ जना डेङ्गी सङ्क्रमणबाट बिरामी भएका छन् । ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा २० जनाको ज्यान गएको छ । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

गत अगस्तमा १३ हजार आठ सय ४० सङ्क्रमण देखिएकामा सेप्टेम्बरमा ११ हजार पाँच सय ६६ सङ्क्रमण देखिएका छन् । गत वर्ष सन् २०२२ मा अगस्टमा तीन हजार सात सय आठ र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भई टोकेपछि डेङ्गी रोग लाग्ने गर्दछ  । महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको थियो । तर सतर्कता अपनाउँदा सोअनुसार बढ्न नपाएको महाशाखाले जनाएको छ ।

सुनसरीमा मात्र १६ हजारभन्दा बढी सङ्क्रमित

सङ्क्रमण देखिएकामध्ये जिल्लामा सुनसरीमा अगाडि देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा १६ हजार ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

झापा तीन हजार पाँच सय ६२, धादिङमा तीन हजार एक सय २३, तनहुँमा तीन हजार एक सय २१ जना मोरङमा दुई हजार दुई सय ७३, कास्की सात सय ७२, काठमाडौँमा सात सय ६४, सङ्खुवासभामा पाँच सय २६, कैलाली चार सय ८० र  धनकुटामा चार सय ४५ जनामा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : २१ बजे

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान