सिरहाबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ « Khabarhub

सिरहाबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागूऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय रामानन्द दास र लहान–२१ का २१ वर्षीय अर्जुनकुमार रामलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारसमेतको टोलीले गोलबजार–४ लोकमार्गमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बा ६३ प ९१९६ नम्बरको मोटरसाइकल पछाडि सवार रामानन्द दासको साथबाट उक्त प्रतिबन्धित लागूऔषधसहित तीनथान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले प्रोमेट्साजिन हाइड्रोक्लोरिड २ एमएल चारसय ८७ एम्पुल, डाईजीपाम चार सय ९८ एम्पुल र बुप्रोनोरफिन चार सय ९० एम्पुलसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ३९ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा