जर्मन अर्थतन्त्र गहिरो मन्दीतर्फ : आईएमएफ « Khabarhub

जर्मन अर्थतन्त्र गहिरो मन्दीतर्फ : आईएमएफ


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

बर्लिन- जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ ।

उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ । उसले जुलाईमा शून्य दशमलव तीन प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी यस वर्ष जी–७ का धनी सदस्यमध्ये आर्थिक वृद्धि नहुने एउटा मात्र मुलुक बन्ने अद्यावधिक गरिएको प्रक्षेपणले पुष्टि गरेको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार–साझेदार मागलगायतका थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ ।

सन् २०२३ को प्रारम्भमा मन्दीमा पुगेको र दोस्रो त्रैमासिकमा स्थिर रहेको जर्मनीले यस वर्षको दोस्रो छ महिनामा अर्को ‘थोरै आर्थिक सङ्कुचन’ तिर गएको पनि प्रतिवेदनमा उल्लेख छ ।

आईएमएपफले जर्मनीको अर्थतन्त्र सन् २०२४ मा सुधारको दिशामा जाने तर जुलाईको एक दशमलव तीन प्रतिशतको वृद्धिबाट शून्य दशमलव नौ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

जर्मनीको अर्थतन्त्रमा देखिएको समस्याले युरोजोनमा पनि अवरोध देखिने छ । आईएमएफले सन् २०२३ मा २० राष्ट्र सम्मिलित युरोजानको अर्थतन्त्र थोरै घटाएर शून्य दशमलव सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : १५ बजे

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो

सिंगापुर- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति

काठमाडौँ– भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान

सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, अभिशेषको बलमा विनोद भण्डारी ‘कट बिहाइन्ड’

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद

पहिलो बलमै सुदूरपश्चिमको विकेट पतन, क्वालिफायर खेल्न नेपाल आएका मुन्से आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम